जनता बैंक नेपाल लिमिटेडको ६० लाख शेयर सर्वसाधरणको लागि बिक्रि खुल्ला
बैशाख १४ रोल्पा । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त जनता बैंकको ६० करोड रकम बराबरको शेयर सर्वसाधरणको लागि बिक्रि खुल्ला गरिएको छ । जनता बैंक नेपाल लिमिटेडको प्राथमिक शेयर सर्वसाधरणको लागि देशभर पहिलो पटक बिक्रि खुल्ला गरिएको हो । उक्त शेयर यस बैंकको रोल्पा शाखाबाट पनि खरीद गर्न सकिनेछ । प्रति कित्ता १ सय रुपैयामा शेयर खरिद गर्न सकिने बैंकले जनाएको छ । शेयर खरिद गर्दा कम्तिमा ५० कित्ता किन्नुपर्ने जनता बैंक रोल्पा शाखाका प्रदिप गौतमले बताउनुभयो । बैशाख १७ गतेदेखी सुरु हुने शेयर कारोबार बैशाख मसान्त सम्म जारी रहन सक्ने गौतमले बताउनुभयो । जिल्लामा पहिलो पटक शाखा बिस्तार गरेको बैंकले आधुनिक बैकिङ कारोबार सुरु गरेको जनाएको छ । गत साता मात्र शाखा बिस्तार भएको जनता बैंक रोल्पामा करिब एक सय जनाले खाता खोलेका छन् । बैंकले एटिएम कार्ड, एस.एम.एस बैकिङ, इन्टरनेट बैकिङ, एबिबिएस, चेक बुक, लगायतका सेवाहरु निशुल्क उपलब्ध गराउने भएकाले पनि सेवाग्राहीको सख्यामा बृद्धि हुनसक्ने बैंकले जानकारी दिएको छ । बैंकमा कम्तिमा ५ रुपैयामा खाता खोल्न सकिने बताइएको छ । साथै आधुनिक बैकिङ कारोबार, बैंक ग्यारेन्टी, ऋण निक्षेप, बिभिन्न रेमिटबाट पठाएको रकम तुरुन्त उपलब्ध गराउने गौतमले बताउनुभयो । स्वदेश तथा बिदेशका बिभिन्न रेमिटान्स एजेन्सीबाट आएको रकम छिटो छरितो उपलब्ध गराउने भएकाले पनि दुई दिन सदरमुकाममा बसेर मोटो रकम खर्चिने सर्वसाधरणलाई सहुलियत हुने भएको छ । प्रभु, आइएमइ, वेस्टन युनियन, सिर्दाथ, सिटि, सेवा, मनिग्राम लगायतका स्थानहरुबाट पठाएको पैसा समेत तुरुन्त उपलब्ध गराउने बैंकले जनाएको छ । एस.एम.एस बैकिङ सेवा संचालनमा ल्याए बैंकिङ कारोबार भरपर्दो हुने सेवाग्राहीले बताएका छन् । जनता बैंक रोल्पा शाखामा अहिले बिभिन्न तहमा गरी ५ जना कर्मचारी कार्यरत छन् ।