अमरजित पुन मगर
रोल्पा असोज ३१
एकिकृत नेकपा माओबादीका वरिष्ठ केन्द्रिय सदस्य कृष्ण बहादुर महराले दोस्रो संबिधान सभाको निर्बाचनमा पनि अन्य दल भन्दा आफ्नो पार्टीले बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहागि बनाएको बताउनु भएको छ । दलित, महिला, गरिबको पक्षमा निरन्तर लडि रहने आफ्नो पार्टी मात्र भएको दावि गर्दै महराले अबको निर्बाचन पछि सबैको समस्या समाधान हुने बताउनु भयो ।
क्षेत्र नं. १ का उम्मेदवरा समेत रहनु भएका महरलो पहिलो समंबिधान सभाको निर्बाचन जनपक्षिय संबिधान लेख्नेको बहुमत नभएकै कारण अबसान भएकोले अबको निर्बाचनमा माओबादीलाई अत्याधिक बहुमतले बिजय गराउनु पर्ने बताउनु भयो । जेष्ठ १४ राति सम्म आफुहरुले कोशिस गरेपनि अन्यदलले भोटिङमा जान नदिएका कारण संबिधान सभाको अवसान भएको स्पष्ट पार्नु भयो ।
आज लिबाङ, ५ थलिबाङमा भएको जनभेटघाट कार्यक्रममा बोल्दै महराले यस्तो बताउनु भएको हो । संबिधान सभाको निर्बाचन अन्य निर्बाचन जस्तो पटक पटक हुने निर्बाचन नभएकोले जनताले बिचार गरेर भोट हाल्नु पर्ने बताउनु भायो । दास्रो संबिधान सभाको निर्बाचनले पनि संबिधान बनाउन नसके तेस्रो शक्ति आएर देश चलाउने समेत बताउनु भयो ।
पूर्व उपप्रधान तथा गृहमन्त्रि समेत भईसक्नु भएका महराले आफ्नो पार्टी सरकारमा भएको बेला सबैभन्दा बढि गरिब, दलित किसानको पाक्षमा बजेत बिनियोजन गरेको बताउदै अझै पनि जनताको आकांक्षालाई पुरा गरी छाड्ने जिकिर गर्नु भयो । राज्यको स्रोतमा भएको बजेटलाई जति सक्दो बिकास निर्माणमा लगानि गर्नु पर्ने खाचो औल्याउदै हामि संग पैसाको कमि नभएर त्यसको दुरुपयोग हुने गरेको बताउनु भयो ।
पटक पटक सरकार परिबर्त हुनुले पनि जनताको बिकासमा ध्यान जान नसेकेको स्वीकार्दै महराले अब स्थीर र भ्रष्टचार मुक्त सरकार हुनु पर्ने बताउनु भयो । आफु संग रोल्पालाई परिबर्तन गर्ने गतिलो योजना भएको बताउदै उहाले आफ्नो योजना प्रत्येक घरमा पु¥याउने बताउनु भयो ।
आफुहरु बढि राजनैतिक मुद्धामा अल्झिदा बिकास निर्माणमा ध्यान पुग्न नसकेको स्वीकार्दै दोस्रो संबिधान सभाको निर्बाचन पछि सम्पूर्ण समय बिकास निर्माणमा खर्चने बताउनु भयो ।
गाउँगाउँमा सहकारी सस्था मार्फत जनतालाई जागरुक गराउनु पर्ने बताउदै कृष्ण बहादुर महराले सानो सानो संस्था मार्फत भएपनि जनतालाई संगठित गर्नु पर्ने बताउनु भयो । आफुनिर्बाचित भएपछि गाउँ गाउँमा गठन भएका सहकारीलाई थप प्रभावकारी बनाउने समेत बताउनु भयो ।
गठनमा भएका संघ सस्थालाई यति उति नभनिकन सबैलाई समान सयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । समाजिक क्षेत्रबाट सामाजिक कल्याण कोषबाट भएपनि सहगोग गर्ने र सबैलाई आत्मा निर्भर बनाउने बताउनु भयो ।
निर्बाचन सम्बन्धी जनतालाई सचेत बनाउन भन्दै गाउँ गाउँ छिर्न भएका महराले सामाजिक न्यायमा आधारीत तिब्र आर्थिक बिकास गर्ने बताउनु भयो । सबै गाउँलाई सदरमुकाम संग जोड्कोलाई यातायातलाई पनि जोड दिन बढि भन्दा बढि बजेट बिनियोजन गर्ने समेत बताउनु भयो ।