गोर्खालीको घाउमा मल्हम लगाउँदै रोल्पालीहरु माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्यःमहरा अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । ब्यवस्थापन समितिले समेत वास्ता गर्दैन वैद्य गाउँ पस्न नमानेपछि विप्लवसँग मनमुटाव दुई माओवादी नेताको बिग्रँदो सम्बन्ध फोनिज रोल्पा शाखाले छेलो फाल्ने प्रतियोगिताको आयोजना गर्ने रोल्पाको दुईवटै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीको चुनावी अभियान तिब्र अत्याधिक बहुमतले बिजय हुने उम्मेदवारहरुको दावी अहिलेको निर्बाचनमा पनि अन्य पार्टी भन्दा बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहभागी बनाएको महराको दाबी भारतमा बिजुलीको मूल्य घटेपछि नेपालबाट बेच्ने लक्ष्य घातक चुनावमा टिकट झार्न जिल्लाका नेताको राजधानी दौडाहा आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै
04:20:00 NST
अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । ब्यवस्थापन समितिले समेत वास्ता गर्दैन

 अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । 

ब्यवस्थापन  समितिले समेत वास्ता गर्दैन
उत्तर रोल्पा कुरेली गाबिसका सर्बसाधारण बिरामी परे पनि सकेसम्म स्वास्थ्यचौकि जाँदैनन् । सरकारी स्वास्थ्यसंस्थामा  निःशुल्क औषधि उपचार र चेकजाँच हुने भए पनि उनहिरु सकेसम्म नीजि क्लिनिकमै  जान्छन् बिरामी परेपछि । यद्यपि उनिहरु पैसा धेरै भएर निजि क्लिनिकमा गएका भने होइनन् ।  उपस्वास्थ्यचौकिका इन्चार्ज मदिरापान गर्दै हिँड्न थाले पछि बिरामीहरु स्वास्थ्यचौकि जानै छाडर नीजि औषधिपसलबाट महंगो औषधि किनेर खाने गरेका हुन् । उपस्वास्थ्यचौकिका इन्चार्ज भुपेन्द्र वली अनियन्त्रीत रुपमा मदिरा सेवा गरि कहिले कार्यालय नै नजाने र गए पनि रक्सी खाएर जाने गरेपछि स्थानीय स्वास्थ्य जाँच गराउनै डराउने गरेको बताए । 
कुरेली वडा नं ६ का रामबहादुर बुढामगरले मदिरासेवन गरि कार्यालय गएका इन्चार्जले एउटा रोगको अर्को औषधि दिने हुन् कि भन्ने त्रास हुने भन्दै बरु महंगै भए पनि नजिकको मेडिकलमा गएर औषधि उपचार गर्ने गरेको बताएका छन् । “रक्सी खाएर मात्तेको हुन्छ, रोग पनि पत्ता लाउँछ कि लाउँदैन, त्यसै अर्को औषधि दियो भने के गर्ने ?” उनले थपे “रोग एउटा औषधि अर्को दिए भने मरिएला भन्ने डरले पैसाभन्दा ज्यान ठूले भनेर मेडिकलबाट औषधि किनेर खान्छम् ।” बुढाका अनुसार कार्यालय ५ बजेसम्म खुल्नुपर्ने भएपनि सधै २ बजेअगाडि नै बन्द हुने गरेको छ । “त्यसमाथि डाक्टर नै भेटिदैनन् कहिल्यै ।” बुढाले भने । 
उपस्वास्थ्यचौकिमा २५ थरिका औषधिमध्ये ज्वरो, टाइफाइड, निमोनिया, आउमासि, पखाला जस्ता मुख्या रोगहरुको आधारभूत औषधिहरु उपलब्ध हुने भउ पनि इन्चार्जको हर्कतका कारण त्यहाँका सेवा ग्राही किनेरै खान बाध्य भएका हुन् । 
त्यस्तै स्वास्थ्यचौकिमा ३५, अस्पताल र पिएसिमा ४० थरिका औषधिहरुले निशुल्क उपलब्ध हुने गरेको छ । अस्पतालमा  ७० थरिका पाउने भनि सरकारले भर्खरै पारित गरे पनि त्यो अझै कार्यान्वतर्फ जान सकिरहेको छैन ।  
धेरै जसो कार्यालय नै नजाने वली कहिलेकाँही गए पनि मदिरापान गरेर जाने हुँदा शंसंकित भएर स्थानीय बिरामीहरु उपस्वास्थ्यचौकि जानै छोडेका छन् । ग्रामिण स्वास्थ्य कार्यकर्ता कृष्णबहादुर रानाले  अहिलसम्मको रेकर्ड अनुसार धेरैमा तीन जनासम्म बिरामी आउने गरेको बताए । उनले भने “धरै जसो एउटा पनि बिरामी आउँदैनन्, हामी त कार्यालयमा आएर बसाबस नै हुन्छ, बिरामी आए पो हाम्रो काम हुने हो ।”
गाबिसको एकमात्र सरकारी स्वास्थयचौकिलाई सहि ढंगले संचालन गर्न र सेवा प्रभावकारी गर्न आमा समूहलेसमेत बारम्बार झकझक्याएको थियो । तर त्यसको कुनै प्रवाह नगरि स्वास्थ्यचौकि हालत उस्तै भएको आमा समूहका सदस्यले बताए । “राम्ररी स्वास्थ्यसंस्था चलाएर हामीलाई उचित सेवा दिनुपर्यो भनेर कतिपटक आग्रह गर्यौँ” आमा समूहकी हितकुमारी बुढाले भनिन् “हैरान भएर अब आमा समूहले कार्बाही गर्छौँ भनेर चेतावनी धेरै पटक दिँदासमेत बानीमा सुधारै आएन ।” 
बुढाले त्यसमा ब्यबस्थापन समिति र स्थानीय राजनैतिक दल पनि दोषि रहेको बताइन् । स्वास्थ्यसंस्था ब्यबस्थापन समितिले कुनै पनि चासो नदिने र निश्क्रिय भएको भन्दै स्थानीय राजनैतिक दलहरुले पनि गाउँको स्वास्थ्य संस्थाको बिग्रदो अबस्थाप्रति कुनै वास्ता नगरेको गुणासो गरिन् । 
वडा नं ३का आमा समूहकी अध्यक्ष बिपना रोकामगरले अब कुनै पनि हालतमा नीज इन्चार्ज वलीलाई आफूहरुको गाउँमा नराख्न र तत्काल अर्को इन्चार्ज पठाइदिन सम्बन्धीत निकायसँग आग्रह गरिन् । साथै अहिले निश्क्रिय ब्यबस्थापन समितिलाई तत्काल भंग गरि अर्को नयाँ कार्यसमिति चयन गर्न समेत सर्बसाधारणले चर्को माग गरेका छन् ।  
कार्यालय इन्चार्जको उक्त हर्कतले सेवाग्राहीमात्र नभई कार्यालयकाका कर्मचारीहरु समेत दिक्क भएका छन् । मदिरापान गरेर कार्यालय आउने इनचार्जको गतिबिधिले गर्दा आफूहरुमसेत हैरान परेको उनिहरुले बताए । अनमि सारदा बुढामगरले इन्चाजएको गतिबिधि कहिलेकाँही सहिनसक्नु भएको बताइन् । “ एक पटक त रक्सी खाएर बर्थिङ सेन्टरको अनमि बस्ने कोठामा आई वाकिदिने समेत गर्नुभयो”  उनले भनिन “ कोठामा आएर लत्ता कपडामा वाकिदिएपछि अर्को दिन त्यो धुन १ पोका पाउडर र एउटा साबुन लाग्यो, त्यो भन्दा बढी घिन लाग्यो ।”
रक्सी खाउर पागल बनेपनि निज इन्चाजएको एउटा चतुर्र्याइँको पनि खुलासा भएको छ । दशैको बेला घर गएका उनले दशै र तिहारको बिचको समयमा भटाभटा हाजिर ठोकेर बिदामा बसेको कुला खुल्न आएको हो । उनलाई  कार्बाही स्वरुप  अहिले जिल्लामा झिकाइएको छ । 
रोल्पामा अहिले आलो  पालो जस्तो गरेर  बस्ने र त्यसको हाजिर गर्ने परम्पवरा ब्यापक देखिन्छ । एक स्वास्थ्यकर्मिले यसकाखले प्रबृत्तिमा तत्काल सुधार हुनुपर्ने बताए ।  त्यस्तै जिल्लाका धेरै स्वास्थय संस्थाहरु इन्चार्ज बिहिन अबस्थामा रहेका छन् ।  अझै पनि बिभिन्न स्वास्थ्य संस्थामा २५ जना जति अहेबको दरबन्दी खाली रहेको छ । तत्काललाई करारमा पनि राख्न नपाइने भएपछि ती क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । 
 
अहिले प्रशारण भइरहेको
बजार संग रेडियोListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
बिज्ञापन/सन्देश
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:35am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • सवाल जवाफ
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • साहित्य वाटिका
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • मगर खामसमाचार
    Time :09:00am-09:15am
  • बिचार मञ्च
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • लोक गीत/बिज्ञापन/सन्देश
    Time :10:15am-00:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:05am
  • SMS for you
    Time :11:05am-11:55am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • घर संसार
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • रि फ्रेस टाईम
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • जलजला बुलेटिन
    Time :02:00pm-02:05pm
  • बजार संग रेडियो
    Time :02:05pm-02:55pm
  • बिज्ञापन/सन्देश
    Time :02:55pm-03:00pm
  • नेपाल समाचार
    Time :03:00pm-03:20pm
  • पप गीत/बिज्ञापन/सन्देश
    Time :03:20pm-03:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • गाउँ पाखाका भाकाहरु
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • साईनो
    Time :05:10pm-05:55pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :05:15pm-05:30pm
  • साझाँ खबर
    Time :05:30pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • प्रगतिशिल गीतहरु
    Time :06:30pm-06:55pm
  • विज्ञापन /सन्देश
    Time :06:55pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:15pm
  • नेपाल सेरोफेरो
    Time :07:00pm-07:30pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:15pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • वीरताको गाथा
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:15pm
  • सेवा समाप्त
    Time :10:15pm-10:20pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन