गोर्खालीको घाउमा मल्हम लगाउँदै रोल्पालीहरु माघ ८ गते संविधान घोषणा हुन नसकेपनि संविधान बनाउनको लागि सहमति अनिवार्यःमहरा अहेब रक्सी क्रेजि भएपछि स्वास्थ्यचौकिमा बिरामी जानै छोडे । ब्यवस्थापन समितिले समेत वास्ता गर्दैन वैद्य गाउँ पस्न नमानेपछि विप्लवसँग मनमुटाव दुई माओवादी नेताको बिग्रँदो सम्बन्ध फोनिज रोल्पा शाखाले छेलो फाल्ने प्रतियोगिताको आयोजना गर्ने रोल्पाको दुईवटै निर्बाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीको चुनावी अभियान तिब्र अत्याधिक बहुमतले बिजय हुने उम्मेदवारहरुको दावी अहिलेको निर्बाचनमा पनि अन्य पार्टी भन्दा बढि महिला, दलित, पछाडि परेको बर्गलाई सहभागी बनाएको महराको दाबी भारतमा बिजुलीको मूल्य घटेपछि नेपालबाट बेच्ने लक्ष्य घातक चुनावमा टिकट झार्न जिल्लाका नेताको राजधानी दौडाहा आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै
04:20:00 NST
गोर्खालीको घाउमा मल्हम लगाउँदै रोल्पालीहरु

पश्चिम कोहि पुर्व घर आँगन त एउटै हो ।
छरीएर बसे के भो, सन्तान एउटै हो ।   

गीतले भनेझैं महाविपत्तीको यो समयमा रोल्पालीहरु गोर्खाली घाउमा मल्हम लगाउन गाउँमा खटिएका छन् । गोर्खाको पीडामा सहयोगी हातहरु थाप्दै रोल्पाली युवाहरु यतिखेर भूकम्प प्रभावित गोरखाका गाउँहरुमा पुर्ननिर्माणमा जुटेका छन् । कुनै बेला सिंगो नेपालका गाउँबस्तीहरुमा “जनताको मुक्ति”का लागि हिंड्ने माओवादीहरु यतिखेर पुरानौ शैलीमा संगठितरुपमा गोरखा भित्रिएका हुन । अभियानको नेतृत्व एमाओवादीका केन्द्रीय सदस्य दिपेन्द्र पुन सिजलले गरिरहेका छन् ।

यी युवा कार्यकर्ताहरु जनयुद्धकालिन पाराले सँगै खाने, काम गर्ने गरिरहेका छन् । नेकपा (माओवादी) रोल्पाका कार्यकर्ता भरत बहादुर बुढा टोलीका लागि भान्साको कमाण्ड सम्हालेर बसेका छन् । बेला बेलामा भुकम्पको भट्का आउँदा पनि ठट्यौलो पाराले हसाउँछन् साथीहरुलाई । “जनयुद्ध कै दिन सम्झिँदै छु ।” उनले भने, “समय कहाँबाट कहाँ पुग्यो, तर विपत्तीले क्रान्ति र जनताको बीचमा काम गर्न पाउँदा झनै जोशिलो भएको छु ।”

निर्माणमा चाहिने जाति सम्पूर्ण सामान रोल्पाबाटै बोकिल्याएका उनिहरु क्षतिग्रस्त भएका स्वारा गाबिसका घर निर्माण गरिरहेका छन् । खाने समेत आफै बोकेर करिब १५ दिनको अभियानमा जुटेका रोल्पाका माओबादीहरु भुकम्पबाट अति प्रभावितहरुको पहिचान गरी घर टहरा निर्माणमा जुटेको उनले बताए । अहिलेसम्म करिब ७ वटा घर र ३ वटा स्कुल पुर्ननिर्माण गरिसके भने अरु स्कूलहरुसमेत जिर्णोद्धार गर्ने योजना उनीहरुको छ । “हजारौ बालबालीकाले अध्ययन गर्ने बिद्यालय पूर्णरुपमा क्षतिहुदा बालबालिकाको भविष्यनै अन्यौलमा पर्ने भएकोले स्कुललाई प्राथामिकाता दिइएको हो ।”

४२ जनाको टोली बनाई गोर्खाको स्वारा गाबिसमा खटेका उनिहरुले निकै जोखिम मोलेर काम गरिरहेका देखिन्छन् । टोलीमा बढीजसो पूर्व माओबादी जनसेना रहेका छन् भने खान बस्न, निर्माणका औजारहरु सम्पूर्णरुपले आत्मनिर्भर भएर लामो अभियानमा जुटेका उनीहरुले जति सकिन्छ नमुना योग्य काम गर्ने बताएका छन् । “कमरेड माओको लामो अभियान’ को सम्झना आउँछ घरिघरी यसरी काम गर्दा ।’ संयोजक पुनले भने । ‘विपत्तीले जनतासँग एकाकार गराएको छ ।’ उनी भन्छन् ।

Rola_Gorkhaखुला चौरमा टेन्ट निर्माण गरी पुनस्थापना कार्यमा लागेका रोल्पाका माओबादीहरुको कार्य प्रति स्थानिय पनि प्रभावित भएका छन् । रोल्पाबाट पनि यसरी सहयोग गर्न आएको भन्दै उनिहरुको खबै प्रसंसा गरेको देखिन्छ । एक ठाउँमा झुम्म परी भेला भएका स्थानिय बासिन्दाहरु यति टाढाबाट पनि सहयोग गर्न आएका है ? एक आपसमा कुराकानी गरीरहेको देखिन्छ । एकल महिला, द्धन्द पिडित, बृद्धबृदाहरुको घर निर्माणमा प्राथमिकता दिएका उनिहरुले बर्खायाममा राम्रोसंग बस्न सक्ने घर निर्माण गरिदिएका छन् ।
राहत पहुँचवालाको हातमा

राहतको नाउमा एउटा पालमात्र पाएका स्थानिय पुड्की बराङसेनी मगरले रोल्पाबाट पनि सहयोग गर्न आएको भन्दै खुब स्याबासी दिए । एक्लो बसी रहेका बराङसेनी मगरले अहिले सम्म कसैले सहयोग नगरेको उनको गुनासो छ । राहत बाँडेपनि पहँुचवालाले मात्र पाएको भन्दै उनले दुखेसो पोखिन । ‘कतिले ५÷६ वटा पाल पाएको भएपनि कतिले एकवटा पनि पाएनौ ।’
यो बर्खा कसरी कटाउने होला भनि चिन्तित ६० वर्षीय बराङसेनीको आँगनमा रोल्पाका माओबादी आएर घर निर्माण गर्न आउँदा उनको खुशीको सीमा थिएन । ‘माओबादीले जस्तै अरु पार्टी पनि यसरी आइदिए हुन्थ्यो ।’ स्थानीयवासी भन्छन्, “सरकारले पनि मानवीय क्षतिलाई मात्रै क्षति मान्दो रहेछ, घर भत्केका छन्, परिवार अलगथलग छन्, खान छैन, बस्न छैन । यसलाई क्षति भएको भन्ने कि नभन्ने ।’

गाबिसको विभिन्न वडामा विभाजित भई काम गरिरहेका रोल्पाका माओबादी कार्यकताहरुले निःस्वार्थभावका साथ जनताको टहरा निर्माणमा लागिरहे पनि स्थानीय तहमा नै सबैले आफै पनि पुन निर्माणको अभियानमा लाग्न जरुरी रहेको अभियानका संयोजक पुन बताउँछन् । कतिपयमा राहतको मात्र आश गरिरकेको देखिन्छ । तर पुरिएको खाद्यन्न उत्खनन्मा पनि लाग्नु पर्ने आवश्यक छ । गाउँमा युवाहरु पनि थुप्रै छन् उनिहरुपनि आफ्नो गाउँ निर्माणमा लाग्न सके त्यो प्रभावकारी हुने देखिन्छ । युवाहरु बरालिदै भलिबल, फुटबल, अन्य खेलहरु खेलिरहका देखिन्छन् बरु यो समय एकले अर्कालाई सहयोग गर्न सके आफ्नो गाउँ फेरी निर्माण गर्न सकिन्छ ।

अहिले प्रशारण भइरहेको
जलजला बुलेटिनListen Live Radio प्रत्यक्ष सुन्नुहोस् यसपछिको कार्यक्रम »
गेमी पहिचान गेमी संस्कृति
कार्यक्रम तालिका
  • आरम्भ धुन
    Time :05:20am-05:30am
  • प्रारम्भिक उद्घोषण
    Time :05:30am-05:35am
  • जीवन दर्शन
    Time :05:30am-05:55am
  • विज्ञापन /सन्देश
    Time :05:55am-06:00am
  • साझाँ खबर
    Time :06:00am-06:30am
  • बिबेचना
    Time :06:30am-06:55am
  • विज्ञापन /सन्देश
    Time :06:55am-07:00am
  • नेपाल दर्शन
    Time :07:00am-07:30am
  • साझाँ नेपाल
    Time :07:30am-07:55am
  • विज्ञापन /सन्देश
    Time :07:55am-08:00am
  • समाचार प्रभात
    Time :08:00am-08:25am
  • विज्ञापन /सन्देश
    Time :08:25am-08:30am
  • लोक गीत
    Time :08:30am-08:55am
  • विज्ञापन /सन्देश
    Time :08:55am-09:00am
  • खाम समाचार
    Time :09:00am-09:15am
  • लोक तथा दोहोरी गितहरु
    Time :09:15am-09:55am
  • विज्ञापन /सन्देश
    Time :09:55am-10:00am
  • जलजला बुलेटिन
    Time :10:00am-10:05am
  • विज्ञापन /सन्देश
    Time :10:05am-10:15am
  • सिने डबली
    Time :10:15am-10:55am
  • विज्ञापन /सन्देश
    Time :10:55am-11:00am
  • जलजला बुलेटिन
    Time :11:00am-11:05am
  • गीत/बिज्ञापन
    Time :11:05am-11:55am
  • बिज्ञापन/सन्देश
    Time :11:55am-12:00am
  • नेपाल समाचार
    Time :00:00pm-00:20pm
  • क्विज कलर
    Time :00:20pm-00:55pm
  • बिज्ञापन/सन्देश
    Time :00:55pm-01:00pm
  • जलजला बुलेटिन
    Time :01:00pm-01:05pm
  • गुन्जन
    Time :01:05pm-01:55pm
  • बिज्ञापन/सन्देश
    Time :01:55pm-02:00pm
  • जलजला बुलेटिन
    Time :02:00pm-02:05pm
  • गेमी पहिचान गेमी संस्कृति
    Time :02:05pm-02:55pm
  • बिज्ञापन/सन्देश
    Time :02:55pm-03:00pm
  • नेपाल समाचार
    Time :03:00pm-03:20pm
  • पप तथा लोक पप गीतहरु
    Time :03:20pm-03:55pm
  • विज्ञापन /सन्देश
    Time :03:55pm-04:00pm
  • जलजला बुलेटिन
    Time :04:00pm-04:05pm
  • गाउँ पाखाका भाकाहरु
    Time :04:05pm-04:55pm
  • विज्ञापन /सन्देश
    Time :04:55pm-05:00pm
  • जलजला सेरोफेरो
    Time :05:00pm-05:10pm
  • साईनो
    Time :05:10pm-05:55pm
  • विज्ञापन /सन्देश
    Time :05:55pm-06:00pm
  • समाचार सन्ध्या
    Time :06:00pm-06:25pm
  • विज्ञापन /सन्देश
    Time :06:25pm-06:30pm
  • प्रगतिशिल गीतहरु
    Time :06:30pm-06:55pm
  • विज्ञापन /सन्देश
    Time :06:55pm-07:00pm
  • रेडियो नेपाल समाचार
    Time :07:00pm-07:20pm
  • पुराना गीत/बिज्ञापन/सन्देश
    Time :07:20pm-07:30pm
  • साझाँ खबर
    Time :07:30pm-07:55pm
  • विज्ञापन /सन्देश
    Time :07:55pm-08:00pm
  • नेपाल सेरोफेरो
    Time :08:00pm-08:30pm
  • गीत/बिज्ञापन/सन्देश
    Time :08:30pm-08:45pm
  • बि.बि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • गीति कथा(त्रिवेणी)
    Time :09:15pm-09:55pm
  • विज्ञापन /सन्देश
    Time :09:55pm-10:00pm
  • जलजला डायरी
    Time :10:00pm-10:10pm
  • सेवा समाप्त
    Time :10:10pm-10:15pm
समाचार
विशेष कार्यक्रम
विज्ञापन