वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमाध्यम हो ।
१० वर्षे जनयु¢ र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालीको आत्मसम्मान ज्ञान र चेतनाले अभूतपूर्व फड्को मारेको छ । आम नेपालीमा देखा परेको जागरुकता र चेतनाको यो वर्तमान अवस्था सिर्जना गर्नमा नेपालका रेडियाहरुले महत्वपूर्ण भूमिका खेलेको तथ्य कतै लुकेको छैन । दिगो र जीवन्त शान्तिसहितको नयाँ नेपाल निर्माणको प्रकृया अगाडि बढिरहेको यो घडिमा साचारमाध्यामलाई जिम्मेवार र उत्तरदायि भएर अझ बढता सकृय हुनुपर्ने अभिभारा आइपरेको छ ।
सार्वभौम नागरिकलेमात्र मुलुकको रक्षा र उन्नती गर्न सक्छ । जनतामा निहित सार्वभौमसत्ता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित पक्ष हो । यसै प्रश्नलाई केन्द्रमा राखेर माण्डवी बहुउद्देशीय समाज विकाश केन्द्र, रोल्पाले जिल्लामा एउटा सामुदायिक रेडियो सञ्चालन गर्ने सोंच गर्यो । राष्ट्रिय प्रशारण नियमावली २०५२ अनुसार नेपाल सरकारबाट ५७६र०६५र०६६ नं। को इजाजत पत्र लिई प्रशारण भइरहेको रेडियोको बोलाउले नाम हो— सामुदायिक रेडियो जलजला एफ।एम। ९६.४ मेगाहर्ज
सूचनाको अधिकार, अभिब्यक्ति स्वतन्त्रता, शान्ति तथा विकास र सामाजिक रुपान्तरणका लागि नागरिकको आवाज बोल्ने अगुवा सञ्चारमाध्यम बनाउने उद्देश्यले रोल्पाका नागरिक समाज, स्वतन्त्र पत्रकार र विभिन्न क्षेत्रमा कृयाशिल समुदायको साझा पहलमा २०६५ सालमा रेडियो जलजला स्थापना गरिएको हो । गैर नाफामूखी र सम्पूर्ण रुपले समुदायमा समर्पित यो रेडियोको स्टुडियो रोल्पाको सदरमुकाम लिबाङमा रहेको छ भने २१०० सय मिटर अग्लो सातदोबाटो पहाडमा रिले स्टेशन रहेको छ ।
अग्लो पहाडमा ट्रान्समिटिङ टावर भएकै कारण रोल्पा, रुकुम, सल्यान, प्यूठान, दाङ, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, दैलेख, अछाम, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, वाग्लुङ, म्याग्दी, पाल्पालगायतका जिल्लामा रेडियो जलजलाको प्रशारण सुन्न सकिन्छ । २० लाखभन्दा बढि जनसंख्या रहेको यस क्षेत्रमा रेडियो जलजलाको पहुँच छ ।
स्थानीय विषयवस्तु र आवाजलाई महत्व दिइरहेकाले श्रोताले यो रेडियोलाई शुरुदेखी नै मन पराएका छन् । रेडियो जलजलाले हाल काठमाण्डौमा रहेको नेपाल एफ्.एम. नेटवर्क र सामुदायिक रेडियो प्रशारक संघ नेपाल (ACORAB) द्वारा सञ्चालित (CIN) संग सहकार्य गरी दैनिक रुपमा समाचार, चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरीरहेको छ ।
“जलजला” रोल्पाको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र बलिदानको ऐतिहासिक विरासत बोकेको राप्ती अञ्चलकै सुन्दर पहाडको नाम हो । “जलजला” रोल्पाली जनताको साँस्कृतिक भावना र सामाजिक एकताको नाम पनि हो । त्यही ऐतिहासिक र सुन्दर पहाडको नामबाट रेडियोको नाम राखिएको हो । जलजला पहाडसँगै अब रेडियो जलजला पनि रोल्पाको एउटा पहिचान बनेको छ ।
उद्देश्य—
सुशासन र पारदर्शिताको लागि हरेक विषय, तह र सन्दर्भमा जनताको अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध पार्ने तथा उनीहरुको सूचनाको पहुच बढाउदै सूचनाको हक सुनिश्चित गर्न योगदान पु¥याउने ।
जातीय, क्षेत्रीय र धार्मिक तथा लैङ्गिक भेदभावको अन्त्य गर्न सामाजिक तथा साँस्कृतिक रुपान्तरणमुखी सञ्चार अभियान सञ्चालन गर्ने र “विविधतामा एकता”को भावना अनरुप सबैलाई समान अवसर उपलब्ध गराउने ।
शान्ति, विकास र परिवर्तनको जनआकांक्षा तथा उद्देश्यलाई सघाउन सरकारी तथा गैरसरकारी संघसंस्थाका नीति, योजना, अत्यावश्यकीय जानकारी तथा सूचना यथासक्य छिटो जनतामा पु¥याउने र जवाफदेही एवं उत्तरदायीपूर्ण काम गर्न सबै पक्षलाई घचघच्याउने ।
शिक्षा, स्वास्थ्य, कृषि, ब्यापार, वातावरण, दिगो विकास, मानवअधिकार, शान्ति स्थापना, सामुदायिक विकासलगायतका क्षेत्रमा ब्यापक जागरण ल्याउने ।
राष्ट्रिय तथा अन्तर्राष्टिय सन्दर्भमा विविधतापूर्ण नेपाली कला संस्कृति र भाषालाई संरक्षण, सम्वर्धन गर्ने र दिगो बनाउने प्रश्नलाई केन्द्रमा राखी प्रगतिशिल, चेतनामूलक र मनोरञ्जनात्मक गीतसंगीतको माध्यमबाट समुदायको साँस्कृतिक चेतनास्तर उठाउने र प्रयाप्त मनोरञ्जन दिलाउने ।
यी सबैमा सुसूचित छलफल र सुविचारित कार्य गर्न सबैलाई प्रेरित गर्ने तथा सहयोग गर्ने
निर्देशक सिद्धान्त—
नयाँ नेपाल निमार्णको भावनालाई आत्मसात गर्ने
सामाजिक उत्तरदायित्व प्रमुख र मुनाफा रहित
सर्वसाधारणको सहज पहुंच
प्रस्तुतिमा सरलता र विविधता
आलोचनाको सहर्ष स्वीकार
जनशक्तिनै प्रमुख हो, प्रविधि होइन
जनहितको पक्षमा स्वतन्त्र
मानवअधिकारको सम्मान
जातीय, क्षेत्रीय र लिङ्गीय विभेद घटाउन हरदम प्रयत्नशिल
बहुभाषा, सस्कृति र श्रमको सम्मान
प्राथमिकताका क्षेत्र—
दलित, आदिवासी–जनजाती, पछाडी पारिएका समुदाय र अपाङ्गका आवाजलाई विशेष प्राथमिकताका साथ प्रशारण गर्ने
महिला तथा बाल अधिकारसंग सम्बन्धित विषय वस्तुलाई उच्च प्राथमिकता दिने
कृषि, बजार, विकाश निर्माण, रोजगार, प्राकृतिक श्रोत साधनको समुचित ब्यवस्थापन र सुशासनका विषयवस्तु प्राथमिकताका साथ प्रशारण गर्ने
शिक्षा, स्वास्थ्य, खानेपानी एबं सरसफाइ र सामाजिक तथा साँस्कृतिक चेतना अभिबृद्घिमा प्राथमिकता दिने
लोकतान्त्रिक मुल्य, मान्यता र संस्कारको विकाश तथा मानवाधिकारको प्रवद्र्घन गर्न प्राथमिकता दिने
कार्यक्रमहरु:—
हरेक घण्टा समाचारका साथ
रेडियो जलजला विहान ५:३० बजे देखी राती १० बजेसम्म प्रशारण भइरहेको छ । यस रेडियोवाट साँझ र विहान स्थानिय विषय वस्तुमा आधारित रिपोर्ट, नागरिक आवाज सहितको मुख्य समाचार र हरेक घण्टा बुलेटीन प्रशारण भइरहेको छ । विशिष्ट अवस्थाका घटना वा विषयको सन्दर्भमा ब्रेकिङ न्यूजको रुपमा “जलजला हाइलाइट्स” दिने गरीएको छ । समाचार स्थानिय मगर खाम भाषामा पनि प्रशारण भइरहेको छ । यसका साथै काठमाण्डौस्थित नेपाल एफ्.एम. नेटवर्क र CIN का मुख्य समाचार पनि दैनिक प्रशारण भइरहेको छ । यस रेडियोवाट तयार पारिएको राष्ट्रिय महत्व राख्ने स्थानिय विषय समेटीएका रिपोर्ट तथा समाचार पनि दैनिक रुपमा देशका विभिन्न स्वतन्त्र रेडियोवाट समेत प्रशारण भइरहेका छन् ।
शान्ति र प्रगतिका लागि संगसंगै:-
जीवनमा प्रगतिको सपना देख्नु र शान्तिको कामना गर्नु मानिसको प्रबृति हो । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि यस्तो प्रवृत्ति अझ सचेत र संगठित रुपले मुखरित भएको छ । नेपालीको त्यही सपनालाई गुलावी विपनामा बदल्ने अभियानमा रेडियो जलजला पनि सामेल छ । तर न न्यायोचित प्रगति विना शान्ति सम्भव छ, न त जीवन्त शान्ति र सद्भाव विना प्रगति सम्भव छ । विषयको यही गम्भीरताका साथ गाउमा स्थानीय शान्ति प्रवर्धन गर्न, सामाजिक सद्भाव सिर्जना गर्न र ब्यक्तिगत समस्याहरु समेत सामुहिक प्रयासवाट हल खोज्न प्रेरित गर्न “हातेमालो”, “जिल्ला विकाश”, “हाम्रो गाउँ” जस्ता कार्यक्रम प्रशारण भइरहेका छन् । शान्ति र विकाशका लागि जिल्लामा कृयाशिल सरकारी, गैर सरकारी तथा सरोकारवाला सबैलाई साझेदारी र सहकार्य गर्न यस रेडियाले सम्बाद चलाइरहेको छ
समान अवसर तथा समान पहुँच:-
“समान अवसर तथा समान पहुँच” यस रेडियो जलजलाको आधारभूत मान्यता हो । आदिवासी जनजाती, दलित, युवा, महिला, अपाङ्ग, बालबालिका र किसानसंग यसै मान्यताका आधारमा सम्बन्ध जोडिरहेको छ । “दलित जागरण”, “युवा सवाल”, “सचेतना”, “बाल आवाज” यस रेडियोका केही प्रतिनिधि कार्यक्रम हुन् । कार्यक्रममा ठूला कुरा गरिदैन, तर श्रोताको जीवन ब्यवहारसंग प्रत्यक्ष जोडिएको कुरा समेटिन्छ । लक्षित श्रोताको दैनिक जीवनका समस्या, संघर्ष, प्राप्ती र अधिकारका कुरा कार्यक्रमका विषय वस्तु हुन् । कार्यक्रमको विषय वस्तुमा त हुंदै हो, रेडियोको विभिन्न तह र क्षेत्रका जिम्मेवारी तथा सहभागितामा समेत समावेशीको सवाललाई विशेष प्राथमिकता दिइएको छ ।
चेतनाको दियो बाल्ने अभियानमा:-
समुदायको सामाजिक तथा साँस्क्तिक चेतनास्तर उकास्ने खालका कार्यक्रमहरु दैनिक रुपमा प्रशारण भइरहेका छन् । अन्धविश्वास तथा सामाजिक, सांस्कृतिक विकृति, विसंगति अन्त्य गर्ने उद्देश्यले कार्यक्रम “जीवन दर्पण” प्रशारण भइरहेको छ भने मातृ शिशु स्वास्थ्य, खानपान, सरसफाइ, यौन जन्य रोग बारे सचेतना फैलाउन “स्वस्थ संसार” जस्ता कार्यक्रहरु प्रशारण भइरहेका छन् । यसैगरी प्रत्येक बालबालिकालाई स्कुल पठाउन अभिभावकलाई प्रेरित गर्ने खालका कार्यक्रमहररु पनि उत्पादन तथा प्रशारण भइरहेका छन् ।
पसिना र पंूजिसंग रेडियो:-
रेडियो जलजलाले आत्मनिर्भर अर्थतन्त्रको विकाशलाई केन्द्रविन्दुमा राखी कार्यक्रमहरु उत्पादन र प्रशारण गरीरहेको छ । त्यसका लागि आधुनिक कृषि प्रणाली अंगाल्न तथा स–साना पूजिको सामुहिक परिचालन गर्न र स्थानिय श्रोत साधनको प्रवर्धन गर्न समुदायमा जागरण ल्याउने खालका कार्यक्रमहरु उत्पादन गरीरहेको छ । उद्योग, ब्यापार, वित्त, पर्यटन, कृषि, जडिबुटी, र जलविद्युत लगायत आर्थिक विकाशसंग सम्बन्धित विषयको विकाश, प्रवर्धन गर्न र लाभको न्यायोचित वितरण गर्न सरोकार वालालाई सचेत गर्ने प्रशारण सामाग्री निकै महत्वका साथ समेत्ने गरिएको छ । प्राकृतिक श्रोत साधन माथिको जनताको अधिकार सुनिश्चित हुनुपर्ने कुरालाई कार्यक्रममा विशेष जोड दिने गरिएको छ ।
सु–शासनका लागि अभियान:-
“सु–शासनका लागि पारदर्शिता र जवाफदेहिता” यो रेडियो जलजलाको नारा हो । कुनै पनि सरकारी तथा गैर सरकारी संघ संस्थावाट सेवा प्रवाह हुंदा हुने अनियमितता, अपारदर्शिता, र गैरजिम्मेवारीपनाको अन्त्य गर्ने उद्देश्य सहित रेडियो जलजलाले कार्यक्रम प्रशारण गरिरहेको छ । “नागरिक सरोकार”, “सवाल जवाफ” कार्यक्रम यस अन्तर्गतका प्रतिनिधि कार्यक्रम हुन् । यी कार्यक्रममा धेरै भन्दा धेरै समुदायको आवाज, गुनासा र आलोचना समाबेश गर्ने, सम्बन्धित सरोकार वाला संस्था र ब्यक्तिका कमि कम्जोरी श्रोतासम्म पु¥याउने र सरकारी तथा गैर सरकारी संघ संस्थाको नीति, निर्णय, योजना, तथा कार्यक्रम लक्षित वर्गलाई सुनाउने गरी प्रशारण समाग्री समाबेश गर्ने गरिएको छ । यसमा समुदायमा आफनो अधिकार प्रति जागरण ल्याउन र सम्बन्धित पक्षलाई उत्तरदायी एबं जवाफदेही बनाउन बढि जोड दिने गरिएको छ ।
गीत–संगीतको अनन्य साथी:-
मानवीय जीवनलाई सरल अनि सरस बनाउन गीत र संगीतको ठूलो स्थान छ । रेडियो जलजला सुनिने जिल्लाहरु लोक लयमा रम्ने जिल्ला हुन् । त्यसैले यस रेडियोले शुरुदेखी नै लोक गीतसंग सम्बन्धित कार्यक्रमहरु प्रशारण गरीरहेको छ । लोक संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले पनि लोक गीतलाई विषेश महत्व दिइएको हो । यसका साथै आधुनिक, प्रगतिशिल, देशभक्तिपूर्ण तथा लोक पपहरु पनि आवश्यक्ता अनुसार बजाउदै आएको छ । जस्वाट अहिलेसम्म श्रोताले भरपूर मनोरञ्जन तथा आनन्द लिदै आएका छन । केही कार्यक्रम गीत–संगीतसंगै सूचना र ज्ञानमूलक सामाग्री पनि दिने खालका रहेकाले मनोरञ्जन संगसंगै त्यस्ता कार्यक्रमलाई श्रोताले निकै मन पराएका छन् ।
विचार तथा सिर्जनाको आँगन:-
अहिलेसम्म जति प्रतिभा अगाडी आएका छन् । ती सहरका छन्, त्यसमा पनि हुने खाने र पहुँच वाला परिवारका छन् । रेडियो जलजलाले त्यस्ता ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउने अनि खेल्न र हुर्किन आँगन दिने नीति लिएको छ । त्यसैगरी सबै खाले विचारलाई फूल्ने र प्रतिस्पर्धा गर्ने अवसर दिनु पनि यस रेडियोको आधारभूत नीति हो । यसका लागि रेडियो जलजलाले “विचार मञ्च”, “प्रतिभाको आँगन” जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । ती कार्यक्रमहरुमा पत्र र फोनमार्फत दैनिक सयौं श्रोताको सहभागिता भइरहेको छ ।
आधुनिक कटुवाल:
केही समय अघि सम्म गाउँमा सूचना तथा सन्देश वाहकको रुपमा कटुवाल नियुक्ति गर्ने गरिन्थ्यो । क्रमशः अब कटुवालको ठाउँ रेडियाले लिएको छ । रेडियो जलजलाले गाई, बाख्रा हराएको सूचनादेखी लिएर सरकारी तथा गैर सरकारी सूचना र सामाजिक हितका सन्देशहरु प्रशारण गरीरहेको छ । त्यस्तै विभिन्न चाडपर्व, उत्सव, समारोह, दिवश, जन्मोत्सव, शुभकार्य, सफलता आदिमा दिइने वधाई तथा शुभकामना पनि प्रशारण हुँदै आएको छ । दुर्घटनामा उद्दार गर्न तथा मुत्यु संस्कारमा आफन्तलाई बोलाउन स्थानीय समुदायले रेडियोलाई भरपर्दो माध्यमका रुपमा लिएका छन् । यस्ता सन्देशहरु प्रशारणका लागि सेवाग्राहीले प्रशारण अवधिभर जतिबेला पनि रेडियोमा सम्पर्क गर्न सक्छन् ।
सेवा र ब्यापार प्रवर्धनको भरपर्दो माध्यम
“लगानी गरीसके पछि त्यसको प्रतिफल आफ्ना कार्यक्रम प्रायोजक र विज्ञापनदाताले पाउनु पर्छ” भन्ने रेडियो जलजलाको विज्ञापन सम्बन्धि अवधारण हो । त्यसका लागि विभिन्न औद्योगिक तथा ब्यापारीक प्रतिस्ठानका उत्पादन तथा सेवालाई बजारसम्म पु¥याउनका लागि समय उपलब्ध गराउने नीति लिइएको यस रेडियोले “बजारसंग रेडियो” भन्ने कार्यक्रम नै सञ्चालन गरीरहेको छ । यस रेडियोले लिएको विज्ञापनका नयाँ र आकर्षक अवधारणाले सेवाग्राहीमा राम्रो प्रभाव छोड्न सफल भएको विज्ञापनदाता आफैले वताइरहेका छन् । विज्ञापनमा भनिएका कुराहरु मुखाग्रै गरी ग्राहक पसल खोज्दै–खोज्दै आएका रमाइला अनुभूति विज्ञापनदाताले संगालेका छन् ।
प्रत्यक्ष प्रशारण:
विभिन्न संघसंस्था वा प्रतिस्ठानवाट भएका कार्यक्रम, सभा–समारोहलाई आपसी सहमतिमा समय र शुल्क निर्धारण गरी प्रत्यक्ष प्रशारणको ब्यवस्था हुँदै आएको छ । रेडियो जलजलाले हालसम्म त्यस्ता थुप्रै कार्यक्रम सम्पन्न गरीसकेको छ । जस्तै:– जि.वि.स.को अधिवेशन, काहु राष्ट्रको नागरिक सुनुवाइ, जिल्ला स्तरीय भलिबल प्रतियोगिता आदि । सम्बन्धित निकायको समिक्षा र श्रोता प्रतिकृयाले प्रत्यक्ष प्रशारणको महत्व र मुल्य छुट्टै भएको महसुस गरीएको छ ।